काठमाडौं । सिरियामा शान्ति स्थापनाका लागी परिचालित नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।
सिरियामा परिचालित फोर्स हेड्क्वार्टर सपोर्ट युनिट १० औं डफ्फा र प्राविधिक तर्फका ४ युनिटलाई बदली गर्न नयाँ टिम त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जानकारी दिएको छ ।
त्यहा खटिएको टिमलाई बदली गर्न फोर्स हेड्क्वार्टर सपोर्ट युनिट (शान्ति सेना) ११ औं डफ्फा सहित थप ४ वटा प्राविधिक युनिट त्यसतर्फ प्रस्थान गरेका छन् ।
सेनानी किशोर खड्का नेतृत्वमा २ सय ३ जनाको अन्तिम टोली सिरिया प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।
सिरियामा तैनाथ प्रमुख सेनाली देवेन्द्र खड्का नेतृत्वको १० औं डफ्फा सहितका युनिट सोमबार स्वदेश फर्किंदै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया