राष्ट्र बैंकले पुनः सार्वजनिक गर्‍यो ट्रेजरी बिल

लोकपथ
13
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः १६ अर्ब ६३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेकोे छ । आज सोमबार अपरान्ह दुई बजे बैंकले उक्त परिमाणमा ट्रेजरी बिल बिल जारी गरेको बैंले जनाएको हो ।

जारी ट्रेजरी मध्येमा ९१ दिने अवधिको तीन अर्ब १३ करोड, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैंयाँ बराबरको रहेको राष्ट्र बैंकको भनाइ छ ।
यि ट्रेजरीबिलहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ फागुन १६ गते, २०८० जेठ १६ गते र २०८० मंसिर १२ गते तोकिएका छन् ।

राष्ट्र बैंकका अनुसार ट्रेजरी बिलहरु मध्येमा ९१ र एक सय ८२ दिने अवधिको ट्रेजरी बिल पुरानो नविकरण अन्तर्गतको र तीन सय ६४ दिने अवधिको ट्रेजरी बिल नयाँ रहेको छ ।

यसअघि यही राष्ट्र बैंकले मंसिर एक गते पनि १४ अर्ब ७० करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?