थापाथलीको सुकुम्बासी बस्तीमा तनाव

लोकपथ
147
Shares

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजर चलेपछि त्यहाँको माहोल तनावग्रस्त बनेको छ ।

सोमबार दिउँसो सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरपालिकाको टोली त्यहाँ पुगेको थियो । तर वैकल्पिक व्यवस्थाबिनै हटाउन थालिएको भन्दै स्थानीयले महानगरको टोलीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन)सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।

आन्दोलनमा उत्रिएका स्थानीयले गृहमन्त्री र महानगरका मेयरको राजीनामा माग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?