केही दिनमा मेलम्चीको पानी काठमाडौं आउने

लोकपथ
77
Shares

काठमाडौं । केही दिनमा मेलम्चीको पानी काठमाडौं आउने भएको छ ।

सोमबारबाट अस्थायी रूपमा मेलम्ची नदीको पानी पुनः काठमाडौं पथान्तरणको लागि २६ कि मि सुरूङ भर्ने काम भइरहेको छ ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार अबको केही दिनमै मेलम्चीको पानी काठमाडौंमा थोक वितरण प्रणालीमा पठाइनेछ । त्यसको लगत्तै काटमाडौंमा पानी उपलब्ध हुनेछ ।

‘अस्थायी रूपमा मेलम्ची नदीको पानी पुनः काठमाडौं पथान्तरणको लागि २६ कि मि सुरूङ भर्ने कार्य २०७९/०८/’१२ देखि प्रारम्भ भएको छ। अबको केही दिनमा मेलम्चीको पानी काठमाडौंको थोक वितरण प्रणालीमा पठाइने छ र लगत्तै वितरण का लागि उपलब्ध हुने छ। यस अवस्था सम्म ल्याइपुर्याउन सहयोग हुने सम्पूर्ण सहयोगि हात र साथहरूमा विशेष धन्यवाद।’ समितिले भनेको छ ।

२०७७ साल वैशाख २० गते काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको वितरण शुभारम्भ गरेका थिए ।

तर सोही वर्षको असार १ गते राति गएको पहिरोका कारण मेलम्चीको बाँध बगाएपछि पानी आउन रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?