कस्तो रहला आज दिनभरको मौसम ?

लोकपथ
0
Shares

हाल देशभर उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमाबार बिहान उच्च पहाडी भूभागहरूमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो भने प्रदेश नं १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहने छ । तर, बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखमाको भनाइ छ ।
यस्तै राति प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?