२३ माघ २०७९, सोमवार

काठमाडौं–तराई मधेश द्रुतमार्गको छैटौं प्याकेजको ठेक्का कार्यान्वयन नगर्न सर्बोच्चको आदेश

२०७९,मङ्सिर,११,आईतवार २०:५९

90
Shares

काठमाडौं । तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)को छैटौं प्याकेजको ठेक्का विवाद सम्बन्धी परेको रिटमा सर्बोच्च अदालतले ठेक्का तत्काल कार्यान्व्यन नगर्न आदेश दिएको छ । सर्बोच्चका न्यायाधिश हरिप्रसाद फुयाँलको एकल इजलासले मंगलवार दुबै पक्षलाई छलफलका लागि सर्बोच्चमा उपस्थित हुन आदेश दिएको छ ।

नेपाली सेनाले सुरुमा प्राविधिक प्रस्ताव अस्वीकार गरेको चिनियाँ कम्पनीलाई नियम विपरित छैटौं प्याकेज ठेक्का दिएको र उक्त ठेक्का खारेज गर्न अन्तरिम आदेश दिनुपर्ने मागसहित विहीवार सर्बोच्चमा रिट परेको थियो । ठेक्का प्रक्रियामा सामेल भएको भारतीय अफकोन्स इन्फ्रास्ट्रक्चर लिमिटेडका तर्फबाट अधिवक्ता सुजन रिजालले विहीवार रिट दायर गरेका थिए ।

रिटमा सार्वजनिक खरिद अनुगमन कार्यालय, सार्वजनिक खरिद पूनरावलोकन समिती, काठमाडौं–तराई मधेश फाष्ट ट्रयाक परियोजना, चाइना फस्ट हाइवे कम्पनी, नेपाली सेना र रक्षा मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

सर्बोच्चमा भएको सुनुवाईमा मुद्दा दायर गर्ने कम्पनी तथा बिपक्षीहरुका तर्फबाट अधिवक्ताहरु सहभागी थिए । सर्बोच्चले दुबै पक्षको धारणा मंगलवारदेखि माग्नेछ । ग्लोबल टेन्डर आह्वान भएपछि शुरुवाती चरणमै प्याकेज ६ को टेन्डरमा सहभागी भएको चाइना फस्ट हाइवे कम्पनीलाई सेनाले अस्वीकृत गरेको थियो । उसले प्रस्तुत गरेको प्राविधक प्रस्ताब अयोग्य भएको सेनाको ठहर थियो । तर, चिनियाँ कम्पनीले सार्वजनिक खरिद अनुमोदन कार्यालयमा उजुरी दिएपछि पुनरावलोकन समितिले सेनाको निर्णय उल्ट्याएको थियो ।

समितिको नियत सही नभएको र चिनियाँलाई पुनःमुल्यांकनमा सहभागी गराउने कार्य कानुनसम्मत नभएको भन्दै भारतीय कम्पनी सर्बोच्च अदालतमा गएको हो । पहिलोपटक भारतीय कम्पनी ठेक्का प्रकरणलाई लिएर सर्बोच्चमा गएको हो ।

प्याकेज ६ का लागि सेनाले जेठ १८ गते गरेको टेन्डर आह्वानमा १२ कम्पनीले प्रस्ताव पेस गरेका थिए । प्राविधिक प्रस्ताब जम्मा पाँचवटा कम्पनीको मात्रै स्वीकृत भएको थियो । जसमा चाइना फस्ट हाइवे कम्पनी परेको थिएन । चाइना हाइवेसहितका कम्पनीहरुको प्रस्ताब अस्वीकृत गर्दै सेनाले छनौट भएका पाँच कम्पनीहरुको वित्तिय प्रस्ताब भदौ ३१ खोल्ने तय गरेको थियो। तर, चाइना हाइवे कम्पनीले आफूमाथि अन्याय भएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिएपछि ३१ भदौमा वित्तिय प्रस्ताब खोलिएन । पुनरावलोकन समितिले चिनियाँ कम्पनीलाई पनि मूल्यांकन प्रक्रियामा सहभागी हुन काठमाडौं–तराई मधेश परियोजनालाई निर्देशन दिएपछि सेनाले उसलाई सहभागी गराएको थियो । भारतीय कम्पनीले यो प्रक्रिया कानुनसम्मत नभएको बरु बदनियतपूर्ण रहेको रिटमा उल्लेख गरेको छ ।

सेनाले कात्तिक २० गते साँझ ५ बजे वित्तीय प्रस्ताव खोल्ने चिठी पठायो। भोलिपल्ट १ बजे सेनाले बाँकी कम्पनीहरूलाई पठाएको इमेलमा चिनियाँ कम्पनी चाइना फस्ट हाइवे इन्जिनियरिङ कम्पनी छनोट भएको जानकारी दिएको थियो । शुरुमै अस्वीकृत कम्पनीले ठेक्का पाउनु स्वभाविक नभएको भारतीय कम्पनीको रिटमा जिकिर छ ।

प्राविधिक प्रस्ताब अस्वीकृत भएको कम्पनीलाई नै टेन्डर दिने सार्वजनिक खरिद पुनरावलोकन समिति र सेनाको निर्णय कानुन विपरीत भएको भन्दै भारतीय कम्पनी सर्बोच्चमा गएको हो ।

प्रकाशित मिति: २०७९,मङ्सिर,११,आईतवार २०:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ । शरीरमा निलडाम भएको र

काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर

काठमाडौं । नेपाल र जापानको राजनीति केन्द्रित दुई दिने सेमिनार शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली

भैरहवा ।भैरहवामा ट्रक, बस र कार एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । सडकमा

ताजा समाचार

विदेशी मुद्राको सञ्चिती बढ्यो
 २०७९,माघ,२३,सोमवार १७:२८