निर्वाचन आयुक्त पौड्यालको फरक मत, ‘स्याङ्जामा छानबिनको साटो मतगणना होस्’

लोकपथ
1.6k
Shares

काठमाडौं । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले स्याङ्जा क्षेत्र नं २ को रोकिएको मतगणना सुचारुका लागि निर्देशन दिन आग्रह गरेका छन् । निर्वाचनको मत मतगणनाप्रति फरक मत जाहेर गर्दै उनले मतदान स्थलको विभिन्न दलबाट उजुरी परेको भएता पनि उपरोक्त ऐनको दफा, ४५ र ४६ को अवस्था विद्यमान नरहेको उल्लेख गरेका छन् ।

पौड्यालले निर्वाचन अधिकृतको रायसमेत अध्ययन गर्दा आयोगबाट छानबिन गर्न जरुरी नदेखिएको यसरी अनावश्यक ठाउँमा छनाबिन गर्न पठाउँदा नेपाल सरकारको आर्थिक स्रोत खेर जाने मतगणना कार्य ढिलो हुने फरकमत सहित राय व्यक्त गरेका हुन् ।

यस्तो छ फरक मत

माननीय प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, निर्वाचन आयुक्तहरु रामप्रसाल भण्डारी, डा. जानकी तुलाधर र सगुनसमशेर जबराले गरेको निर्णयका फरक मत स्याङ्जा जिल्लाको विभिन्न मतदान केन्द्रहरुमा मतदानको समयमा मतदान अधिकृतबाट मतदानस्थलमा कुनै हुल हुज्जत लगायतका अवाञ्छित गतिविधि भएको छ ।

भनी सूचना वा प्रतिवेदन निर्वाचन अधिकृतलाई नदिएको मतपेटिकाहरु कानूनी प्रक्रिया पूरा गरी कागजातसहित मतदान अधिकृतले निर्वाचन अधिकृतलाई बुझाएको र सोको निर्वाचन अधिकृतले भर्पाइ गरिदिएको मतपेटिका सम्बन्धित पदको छुट्टाछुट्टै कोठाभित्र सुरक्षित राख्दा नेपाली कांग्रेस र ने.क.पा.एमालेसहितका प्रतिनिधिहरुको रोहवरमा मुचुल्का गरी प्रतिनिधिहरुको सहीछाप गरी तालाचाबी सिलछाप लगाइएको भनी निर्वाचन अधिकृतबाट लेखि आएको ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४५ र दफा ४६ को अवस्था उपरोक्त मतदान केन्द्रहरुमा विद्यमान नरहेको भनी स्याङ्जा जिल्लका निर्वाचन अधिकृतको कार्यालयबाट लेखि आएको हुँदा स्याङ्जा जिल्ला प्रतिनिधि सभाका उपरोक्त मतदान स्थलको विभिन्न दलबाट उजुरी परेको भएता पनि उपरोक्त ऐनको दफा, ४५ र ४६ को अवस्था विद्यमान नरहेकाले निर्वाचन अधिकृतको रायसमेत अध्ययन गर्दा आयोगबाट छानबिन गर्न जरुरी नदेखिएको यसरी अनावश्यक ठाउँमा छानबिन गर्न पठाउँदा नेपाल सरकारको आर्थिक स्रोत खेर जाने मतगणना कार्य ढिलो हुने र समग्र निर्वाचनप्रति मतदाताको वितृष्णा पैदा हुने हुँदा सम्बन्धित निर्वाचन अधिकृतलाई मतगणना गर्ने निर्देशन पठाउन यो फरक मत प्रस्तुत गरेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?