१५ माघ २०७९, आईतवार

विश्व सहर दिवस र विश्व सहरी योजना दिवस मनाइँदै

२०७९,मङ्सिर,११,आईतवार १७:००

99
Shares

काठमाडौं । विश्व सहर दिवस, २०७९ र विश्व सहरी योजना दिवस, २०७९ दिवस सोमबार मनाइने भएको छ । ‘दिगो विकासका लागि स्थानीय प्रयास’ नारासहित सहरी विकास तथा भवन निर्माण विभागले दिवसका अवसरमा कार्यशाला गोष्ठीको आयोजना गर्ने भएको छ ।

कार्यक्रम संयोजक उपसचिव पद्मकुमार मैनालीले वर्षको नाराबारे प्रष्ट पार्दै दिगो विकासका लक्ष्य सन् २०३० सम्ममा हासिल गर्न समयसीमाको करिब आधा समय व्यतित भइसक्दा पनि लक्ष्य नजिक पुग्न नसकिएको बताए । उनले भने, “सहरी विकासतर्फको हाम्रो दृष्टिकोण पुनःविचार गर्नका लागि स्थानीय प्रयास अत्यन्त जरुरी देखिएको छ ।”

हरेक वर्ष नोभेम्बर ८ मा विश्व सहरी योजना दिवस मनाउने गरिन्छ । यस्तै विश्व सहर दिवस अक्टोबर ३१ मा मनाउने गरिन्छ । नेपालमा सन् २०१९ देखि यो दिवस मनाइँदै आइएको छ । चाडपर्व र चुनावका कारण दुवै दिवस मनाउन ढिलो भएको मैनालीको भनाइ छ ।

“हामी संयुक्त रुपमा दुवै दिवस एकै दिन मनाउँदै छौँ” संयोजक मैनालीले भने । गोष्ठीमा राष्ट्रिय योजना आयोग, भक्तपुर नगरपालिका, बागमती गाउँपालिकालगायत संघसंस्थाका प्रतिनिधिबीच छलफल तथा अन्तरक्रिया गरिने उनले बताए ।

प्रकाशित मिति: २०७९,मङ्सिर,११,आईतवार १७:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्याङ्जाका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गरेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ १४ पैसा रहेको

दमक । दमक–६ स्थित फर्निचर लाइनमा रहेको बालाजी फर्निसिङमा आज साँझ आगलागी भएको छ । त्यहाँस्थित विकास भट्टराईले सञ्चालन गरेको

काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन गरिएको छ । डल्लु आवास स्थानीय समितिद्वारा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय पुरस्कार विजेता

ताजा समाचार

सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी
 २०७९,माघ,१५,आईतवार ०७:३२
यस्तो छ आजको विनिमयदर
 २०७९,माघ,१५,आईतवार ०७:२५