सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी

लोकपथ
546
Shares

काठमाडाैँ । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ ।

हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको फ्याक्ट चेक उक्त फोटाहरु नक्कली भएको दाबी गरेको हो ।  उक्त फोटोलाई फोटोसपको सहयोगमा सुन्दर बनाइएको तर्कसहित म्यागाजिनले फोटोलाई फेक भनेको छ । उसको तर्कअनुसार फोटोमा सिनहरू जोडजाड गरिएको छ भने हिउँ चितुवालाई असम्भव स्थानमा देखाएको छ । पत्रिकाले पावलोव्स्कीलाई फोटोसफ विज्ञ पनि भनेको छ ।

खासगरी दुई फोटो हेरिएपछि यसलाई सम्पादन गरिएको निचोडमा आफूहरू पुगेको पत्रिकाको रिपोर्टमा उल्लेख छ । उनले केहि समय अघि उक्त फोटाहरु सार्वजनिक गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?