काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको म्याद थप्ने प्रस्ताव गरेको छ ।
शुक्रबार कांग्रेस उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर नेविसंघको म्याद थप्न प्रस्ताव गरेका हुन् ।
स्रोतका अनुसार आसन्न स्ववियु चुनावसम्म नेविसंघको वर्तमान कार्यसमितिको म्याद थप गर्ने प्रस्ताव छ ।
नेविसंघका वर्तमान कार्यसमितिको म्याद थप गर्ने विषयमा छलफल गर्न भोलि (मंसिर १ गते) शनिबार कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
यस विषयमा नेविसंघको वर्तमान कार्यसमिति म्याद थपकै पक्षमा छ ।
अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला पनि कमिटी भंगको विपक्षमा छन् भन देउवा समूहमा रहेका एनपी साउदलगायतका नेता तथा पौडेल समूहमा रहेका केही नेताहरु भने म्याद थपको विपक्षमा देखिएका छन् ।
नेविसंघको वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल गत भदौ पहिलो साता नै सकिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया