जसपाले खाता खोल्यो : पर्सा-१ मा प्रदीप यादव विजयी

लोकपथ
168
Shares

पर्सा । जनता समाजवादी पार्टी (जसपा) बाट पर्सा क्षेत्र नम्बर १ का प्रदीप यादवले खाता खालेका छन् । नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्धिवेदीलाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

यादवले २२ हजार ५३७ मत ल्याएर विजयी भए भने द्धिवेदीले २० हजार ९१७ मत ल्याएर पराजित भएका हुन् । यादव र द्धिवेदीवीच १ हजार ६२० मत अन्तर छ ।

तेस्रो स्थानमा राप्रपाका किरणमान डंगोलले २ हजार ६ सय ५१ मत ल्याए भने सत्ता गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी लोसपा का नेता लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्रै पाएका छन् ।

यादव २०७४ सालको चुनावमा यहीँ क्षेत्रबाट निर्वाचित भएका थिए । उनको यो दोस्रो पटकको ससद यात्रा हो । पार्टी अध्यक्ष उपेन्द्र यादव भने सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसंग पराजित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?