कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर १ गते

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर १ गते बस्ने भएको छ । 

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मंसिर १ गते शनिवार बस्ने जनाइएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुलाई उपस्थितिका लागि आह्वान गरिएको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?