बर्दिया–२ बाट स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित

लोकपथ
819
Shares

बर्दिया । बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका लालवीर चौधरी निर्वाचित भएका छन् । चौधरी २६ हजार ५ सय २० मतसहित विजयी भएका हुन् ।  उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुरेश पन्थलाई झिनो मतान्तरले हराएका छन् ।

माओवादीका पन्थले २६ हजार ३८४ ल्याएका हुन् । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी बुबा लालवीर स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएका हुन् । लालवीरसँग माओवादीका सुरेश पन्थ १३५ मतले पराजित भएका हुन । बर्दिया २ को नतिजा आइसकेपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको छैन ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । बर्दिया क्षेत्र नं २ बाट वारेसनामामार्फत् उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी खारेज भएको थियो । रेशमको उम्मेदवारी खारेज भए पनि सो क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधित्व गर्दै लालवीर चौधरीले चुनाव लडेका थिए ।

रेशम चौधरीका पिता लालवीर चौधरीले ‘ब्याकप उम्मेदवार’ को रुपमा मनोनयन दर्ता गराएको यसअघि नागरिक उन्मुक्ति पार्टीले जनाएको थियो । लालवीर चौधरी २०७४ निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका थिए । त्यसबेला लालवीरले प्रदेशतर्फ कैलालीको १ (क) बाट उम्मेदवारी दिएका थिए । सो क्षेत्रमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट कृष्णकुमार चौधरी निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?