तनहुँ २ प्रदेश (२) मा कांग्रेसका जीतप्रकाश आले विजयी

लोकपथ
169
Shares

तनहुँ । तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका जीतप्रकाश आले विजयी भएका छन् । आज बिहान सम्पन्न मतपरिणाम अनुसार वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार आले छ सय ४० मतान्तरले विजयी भएका छन् । आलेले १३ हजार आठ सय ६० मत प्राप्त गरेको तनहुँ क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए ।

प्रतिस्पर्धी नेकपा एमालेका केदार सिग्देलले १३ हजार दुई सय २० मत प्राप्त गरे । प्रदेशसभामा निर्वाचित आले नेपाली कांग्रेसका जिल्ला सभापति हुन् । सिग्देल क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् ।

विसं २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिग्देलले यसपटक प्रदेशसभामा प्रतिस्पर्धा गरेका थिए । उक्त प्रदेशमा २९ हजार आठ सय ९८ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?