गोरखा–२ प्रदेश सभा (ख) मा कांग्रेसका सुरेन्द्र पाण्डे विजयी

लोकपथ
195
Shares

गोरखा । गोरखा क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र (ख) मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे विजयी भएका छन् । कांग्रेसका पाण्डेले १६ हजार ८ सय ८२ मत ल्याएर निर्वाचित भएका हुन् । पाण्डेसँग नेकपा (एमाले) का उम्मेदवार बसन्तकुमार गुरूङले ५ हजार ३ सय ६० मत ल्याएर पराजित भए ।

यहाँ जम्मा २६ हजार ३ सय २६ मत खसेको थियो । पाण्डे यसअघि राष्ट्रिय सभा सांसद थिए । राष्ट्रिय सभामा कांग्रेसका तर्फबाट प्रतिपक्षी दलका नेतासमेत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?