ताप्लेजुङमा खेलप्रसादलाई पछ्याउँदै योगेश

लोकपथ
0
Shares

ताप्लेजुङ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ताप्लेजुङमा नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले आफ्नो अग्रता कायम राखेका छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार योगेश भट्टराईले पछ्याइरहेका छन् । पछिल्लो मतपरिणामअनुसार बुडाक्षेत्रीले १३ हजार ९९४ मत ल्याउँदा भट्टराईले १३ हजार ६२ मत ल्याएका छन् । उनीहरुबीच ९३२ मतान्तर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?