काठमाडौं–१० मा कांग्रेसका राजेन्द्र केसी निर्वाचित

लोकपथ
112
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृत फणिश्वरी घिमिरेका अनुसार केसीले १४ हजार ४ सय ५८ मत पाएका छन् । उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका हिमेश केसीले ११ हजार ७ सय ८६ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप बिष्ट तेस्रो स्थानमा छन् । उनले ८ हजार ७ सय ३६ मत पाएका छन् ।

यहाँ विजेताको घोषणा भने हुन बाँकी छ । प्रत्यक्षतर्फका केही मत समानुपातिक बाकसमा खसेको हुनसक्ने भएकाले समानुपातिक मत गनिसकेपछि मात्र घोषणा गरिने घिमिरेले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?