पर्सा १ को (१) मा माओवादीका रहबर अन्सारी विजयी

लोकपथ
98
Shares

पर्सा । पर्सा निर्वाचन क्षेत्र १ को प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रहबर अन्सारी विजयी भएका छन् । अन्सारी एमालेका उम्मेदवारलाई पराजित गर्दै मधेस प्रदेशसभामा निर्वाचित भएका हुन् ।

मतगणनाको अन्तिम परिणामअनुसार अन्सारीले ७ हजार ८ सय १७ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का उम्मेदवार विचारी यादवले भने ५ हजार ५ सय १९ मत प्राप्त गरेका हुन् । एमाले उम्मेदवारलाई २ हजार २ सय ९८ मतको अन्तरले पराजित गरेका हुन् ।

प्रदेशसभा सदस्यमा निर्वाचित अन्सारी २०७४ सालको स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरमा माओवादी केन्द्रबाट मेयरका प्रत्याशी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?