काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा गठबन्धन तर्फका उम्मेदवार कांग्रेसका सुरेश श्रेष्ठ विजयी भएका छन् । लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा रहेका कांग्रेसका युवा नेता श्रेष्ठले ९ हजार ४ सय २४ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मोहनवीर श्रेष्ठलाई एक हजार दुई सय १२ मतान्तरले पछाडि पार्दै कांग्रेसका उम्मेदवार श्रेष्ठ विजयी भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद वास्तोलाले जानकारी दिए ।
एमालेका श्रेष्ठले आठ हजार दुई सय १२ र नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले आठ हजार दुई सय एक र राप्रपाका राजु कुइँकेलले पाँच हजार नौ सय ४५ मत प्राप्त गर्न सफल भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया