काठमाडौं । सरकारले क्याबिनेटको निर्णयबारे थप छलफल गर्ने भएको छ ।
गत आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु सरकारले तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे छलफल शुरु गरेको हो ।
सरकारका प्रवक्तले क्याबिनेटको निर्णयबारे मिडियालाई जानकारी नगराएपछि सरकारको आलोचना भएको थियो ।
बिहीवार बस्ने मन्त्रिपरिषदले क्याबिनेट बैठकको निर्णय तत्काल सावैजनिक गर्ने ४८ घण्टापछि सार्वजनिक गर्ने भन्नेबारे छलफल गर्दैछ ।
आज दिउँसो बोलाइएको क्याबिनेट बैठकका प्रस्तावहरु बैठकपूर्व मन्त्रीहरुलाई उपलब्ध गराइएको छैन ।
यसैबीच सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले सरकारका निर्णयहरु सार्वजनिक गर्न अपराह्न ४ बजे मन्त्रालयमा पत्रकार सम्मेलन बोलाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया