बाँके–२ मा राप्रपाका धवलशमशेर राणा विजयी

लोकपथ
156
Shares

बाँके । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा विजयी भएका छन् । राणाले २९ हजार ५ सय ७७ मत प्राप्त गर्दै बाँके–२ मा जित हात पारेका हुन् । राणाको जीतसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले विजयी सुरूआत गरेको छ ।

उनले जनता समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईलाई पराजित गरेका छन् । इश्तियाकले २३ हजार ५ सय २० मत प्राप्त गरेका छन् । राप्रपा र एमालेबीच बाँके–२ मा गठबन्धन भएको थियो भने जसपाका इश्तियाक एक्लै मैदानमा ओर्लिएका हुन् । सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?