काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित

लोकपथ
7
Shares

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित भएका छन् । पराजुलीको जीतसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा लगातार तेस्रो जीत हासिल गरेको छ ।

स्वतन्त्र पार्टीका गणेश पराजुली ८ हजार ७४३ मत ल्याएर विजयी भएका छन् । उनी आफ्ना निकट प्रतिस्पर्धीभन्दा झन्डै दुई हजार मतले अगाडि छन् । दोस्रो स्थानमा रहेको नेकपा एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८ सय मत ल्याएका छन् । यहाँ गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी मानुषी यमी भट्टराई तेस्रो स्थानमा छिन् । उनले ६ हजार ६३ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?