अछाम–१ मा एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी

लोकपथ
364
Shares

काठमाडौं । अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवर निर्वाचित भएका छन् । कुँवर निर्वाचित भएसँगै नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा तर्फको निर्वाचनमा पहिलो जीत हासिल गरेको छ ।

कुँवरले १९ हजार ५३४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका झपटबहादुर बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गरे । त्यस्तै, स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याएर तेस्रो भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?