डडेल्धुराबाट प्रधानमन्त्री देउवा फराकिलो मतान्तरसहित सातौंपटक विजयी

लोकपथ
13
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एव प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन् । फराकिलो मतान्तरसहित आफ्ना प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई हराउँदै देउवा सातौंपटक डडेल्धुराबाट निर्वाचित भएका हुन् ।

यहाँ कुल ५१ हजार २०३ मत खसेको थियो । जसमध्ये देउवाले २५ हजार ५३४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सागर ढकालले १३ हजार ०२ मत ल्याए । त्यस्तै, नेपाली कांग्रेस (वीपी) कर्णबहादुर मल्ल ७ हजार ५३५ मतसहित तेस्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?