काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम निर्वाचित

लोकपथ
224
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन् । निर्वाचन आयोगकाअनुसार २७ वर्षीया गौतमले आफ्ना निकट प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै विजयी भएकी हुन् ।

गौतमले १५ हजार २२९ मत पाएकी छन् । उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११ हजार ५५५ मत प्राप्त गरेका छन् । उनीहरूको मतान्तर ३ हजार ६७४ छ ।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल तेस्रो स्थानमा छिन् । उनले ११ हजार ४१४ मत ल्याएकी छन् । गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती चौथो स्थानमा छिन् । उनले ९ हजार ४४८ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?