काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी

लोकपथ
168
Shares

काठमाडौं । काठमाडौं ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १० हजार १०५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी ५ हजार ८८९ मतसहित पराजित भए ।

गठबन्धनबाट उम्मेदवार बनेका पर्यटनमन्त्री नेकपा एसका उम्मेदवार जीवनराम श्रेष्ठ ४८७७ मतका साथ तेस्रो भए । एमालेका शिवसुन्दरराज वैद्य ३५२२ मत ल्याएर चौथो स्थान प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?