बर्दघाटमा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या

लोकपथ
65
Shares

काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या भएको छ । बर्दघाट बजारको एक खाजाघरमा मंगलवार बेलुका अज्ञात समूहको आक्रमणबाट बाग्लुङ बडीगाड गाउँपालिका वडा नम्बर ४ जलजलाका ४६ बर्षीय दिलिपकुमार पुनको हत्या भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

बाग्लुङकै बुर्तिवाङका अन्दाजी ४६ वर्षीय विष्णु काउछामाथि पनि आक्रमण गर्दा उनी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक हरि भट्राईका अनुसार घटना के कति कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।

अहिलेसम्म घटनाबारे पूरा जानकारी आइनसकेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?