संविधानसँग बाझिएका पुराना कानून संशोधन गर्न ताकेता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारलाई नयाँ कानूनको विधेयक ल्याउन ताकेता गरेका छन् । 

कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई बोलाएरै सभामुख महराले नयाँ संविधानसँग बाझिएका पुराना कानून संशोधन गर्न ताकेता गरेको हो । 

चार महिनाभित्र सबै पुराना बाझिएका कानून संशोधन गरिसक्नुपर्ने बाध्यता संसदलाई छ ।

सभामुख महराका अनुसार सरकारलाई विधेयक मस्यौदा गर्न फागुन २१ गतेको समयसीमा तोकिएको छ । 

त्यस्तै मन्त्री भानुभक्त ढकाका अनुसार नयाँ संविधानसँग बाझिएका १ सय ५० वटा पुराना कानून संशोधन गर्न आवश्यक प्रक्रिया अघि बढाइएको बताए । ३ वर्षअघि संविधानसभाबाट जारी भएको नयाँ संविधानसँग बाझिएका सो कानूनमध्ये कतिपयको विधेयक मस्यौदा भइसकेको र कति हुने क्रममा रहेको कानूनमन्त्री ढकालले बताए ।

नयाँ कानून विधेयक मन्त्रिपरिषदबाट पारित भएर संसदमा दर्ता भएपछिमात्र संसदले काम गर्न पाउनेछन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?