कैलाली १ मा रञ्जिता श्रेष्ठको अग्रता कायमै

लोकपथ
294
Shares

कैलाली । कैलाली निर्वाचन क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले अग्रता कायम राखेकी छिन् । हालसम्म भएको १८ हजार ३६५ मत गणना हुँदा रञ्जिताले ८ हजार २३६ मत प्राप्त गरेकी छन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले ५ हजार १८३ मतका साथ पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावल १ हजार ८४७मतका साथ तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?