सर्लाही ४ मा अमरेश सिंहले लिए अग्रता, मधुमाला तेस्रो स्थानमा

लोकपथ
553
Shares

सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेका डा.अमरेशकुमार सिंह अग्रता कायम गरेका छन् । सुरुवातमा माओवादी केन्द्रको विद्रोही उम्मेदवार मधुमाला कुमारीले अग्रता लिएकी थिइन् । अहिले उनी तेस्रो स्थानमा झरेकी छिन् । मधुमाला शिवपुजन राय यादवकी छोरी हुन् ।

आज बिहानदेखि अमरेश सिंहले अग्रता लिइरहेका छन् । उनले ७ हजार एक मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवार नागेन्द्रकुमार राय ५ हजार ९३० मत ल्याएका छन् । त्यस्तै, मधुमाला कुमारीले ५ हजार १९६ मत ल्याएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?