नुवाकोट । नुवाकोट क्षेत्र नं २ मा ६ हजार ७ सय ६८ मतको गणना भएको छ ।
पछिल्लो गणना अनुसार नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । हाल नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले ३ हजार ३ सय ६४ मत प्राप्त गरेका छन् । यता नेकपा एमालेमा नारायण खतिवडाले १ हजार ६ सय ३८ मत प्राप्त गरेका छन् ।
यता तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन बिक्रम पाण्डेले बल्ल १ हजार मत कटाएका छन् । पछिल्लो मत परिणाम अनुसार पाण्डेले १ हजार १ सय १७ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया