काठमाडौं । मंसिर ४ गते आइतवार सम्पन्न आम निर्वाचनमा मतदान प्रतिनिधि बनेका चेतन ऐडीको ‘हत्या’ आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । बाजुराको त्रिवेणी नगरपालिकामा–७ मा कांग्रेसका कार्यकर्ताले घरमै गएर निर्घात कुटपिट गरेर ऐडीको ‘हत्या’ गरेको भन्दै जाहेरी परेको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृतक ऐडी त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा मतदान प्रतिनिधि रहेको र मतदान सकिएपछि कांग्रेसका कार्यकर्ताले घरमै गएर निर्घात कुटपिट गरेर उनको हत्या गरेको नेकपा एमाले निकट स्रोतले जनाएको छ ।
अनेरास्ववियुका सचिवालय सदस्य चेतनको अछामस्थित बयलपाटा अस्पतालमा मृत्यु भएको हो । उनको शव अहिले अस्पतालमा छ । हत्यामा संलग्नलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएपछि मात्र शव पोस्टमार्टम गरेर दाहसंस्कार गरिने एमालेका नेता थापाले बताए ।
निर्वाचनको दिन प्रहरीको गोली लागेर ज्यान गुमाएका नम्बर–७ बस्ने २६ वर्षीय सन्दिप ऐडी पनि शव उठाइएको छैन् । सन्दिपको शव घटनास्थलमा नै रहेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । गोली लागेर मृत्यु भएका सन्दिप वडा नम्बर–९ स्थित रत्नावती माविमा कार्यरत शिक्षक मानबहादुर ऐडी छोरा हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया