निर्वाचित थापाले भने : ‘आजैदेखि संसदीय दलको चुनावको तयारी गर्छु’

लोकपथ
78
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् ।

निर्वाचित भएपछि  सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने,‘यो निर्वाचनले स्थिर सरकार मात्रै होइन । देश हाँक्ने उपयुक्त चालक पनि खोजेको छ । त्यो हाम्रो पार्टीले मात्रै दिन सक्छ । हामीले पार्टीलाई एकताबद्ध गरेर नयाँ नेतृत्व दिन आवश्यक छ । त्यो यो निर्वाचनको मतले देखाइसकेका छन् ।’

उनले अहिले जनताले स्थायित्वमात्रै नभई नेपाललाई हाक्ने नयाँ चालक पनि खोजेको बताए । ‘त्यो चालक कांग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ,’ उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?