रसुवामा ५ हजारको मतान्तरसहित आचार्यको अग्रता

लोकपथ
525
Shares

रसुवा । रसुवाको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले फराकिलो अग्रता कायम गरेका छन् ।

विभिन्न २८ मतदान केन्द्रको १४ हजार ९ सय ६४ मतगणना गर्दा आचार्यले ९ हजार ६ सय १६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उनका निकटतम प्रतिद्धन्दी एमालेका छेवाङ तामाङले ४ हजार ६ सय ६० मत प्राप्त गरेका छन् ।

यता राप्रपाका उम्मेदवारले ४४, कुखुराको भालेले ९९ र ताराले ८ मत प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?