मतगणना जारी भएका निर्वाचन क्षेत्रमा कहाँ कसको अग्रता ? (विवरणसहित)

लोकपथ
2.6k
Shares

काठमाडाैँ । आइतबार भएको निर्वाचनको १३९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । यस्तै ४ निर्वाचन क्षेत्रको मत मतगणना सम्पन्न भइसकेको छ । जसमा ४ स्थानमा कांग्रेस विजयी भएको छ भने एमालेले एक स्थानमा विजयी भएको छ ।
मंगलबार ११ बजेसम्मको मतपरिणाम अनुसार कांग्रेसले ४५ स्थानमा अग्रता बनाएको छ । यस्तै एमालेले ३९, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११, स्वतन्त्र उम्मेदवारले ७ र एकीकृत समाजवादी पार्टीसहितका दलहरुले २३ स्थानमा अग्रता बनाएका छन् ।

कांग्रेसको कहाँ कहाँ अग्रता ?

अध्यावधिक विवरण अनुसार काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । यसैगरी मुस्ताङमा योगेश गौचन थकाली र मनाङमा टेकबहादुर गुरुङ विजयी भएका छन् । भने काठमाडौँ ४ बाट भरी मतान्तरसहित गगन थापा विजयी भएका छन् । जहाँको निर्वाचनलाई रोचकका साथ हेरिएको थियो ।

डम्बर बहादुर खड्का–इलाम २

सुरेन्द्र राज आचार्य–कपिलवस्तु २

अभिषेक प्रताप शाह–कपिलवस्तु ३

प्रदीप पौडेल–काठमाडौं ५

राजेन्द्र कुमार केसी–काठमाडौं १०

शिव प्रसाद हुमागाई–काभ्रे २

विश्व प्रकाश शर्मा–झापा १

शेर बहादुर देउवा–डडेलधुरा

रामचन्द्र पौडेल–तनहुँ १

शंकर भण्डारी–तनहुँ २

दीपक गिरी–दाङ ३

दिलेन्द्र प्रसाद बडू–बैतडी

दिक्पाल कुमार शाही–दैलेख २

रामनाथ अधिकारी–धादिङ २

शशांक कोइराला–नवलपुर १

विष्णु कुमार कार्की–नवलपुर १

अर्जुन नरसिंह केसी–नुवाकोट २

अर्जुन प्रसाद जोशी–पर्वत

पुष्प बहादुर शाह–अछाम २

अजय कुमार चौरसिया–पर्सा २

रमेश रिजाल–पर्सा ४

भीष्म राज आङदेम्वे–पाँचथर

किशोर सिह राठोर–बाँके ३

दुर्लभ थापा क्षेत्री–भक्तपुर २

महालक्ष्मी उपाध्याय (डिना)–मकवानपुर १

सुनिल कुमार शर्मा–मोरङ ३

डा शेखर कोइराला–मोरङ ६

खम बहादुर गर्बुजा–म्याग्दी

मोहन आचार्य–रसुवा

पूर्ण वहादुर तमाङ्ग–रामेछाप

बाल कृष्ण खाँण–रुपन्देही

देव प्रसाद तिमलसेना–रौतहट ४

उदयशमशेर राणा–ललितपुर १

दिनेश कुमार यादव–सप्तरी ३

तेजु लाल चौधरी–सप्तरी ४

मोहन बहादुर बस्नेत–सिन्धुपाल्चोक २

चित्रलेखा यादव–सिरहा २

डा नारायण खड्का–उदयपुर १

रामहरि खतिवडा–ओखलढुंगा

नारायण प्रकाश (एनपी) साउद–कञ्चनपुर २

रमेश लेखक–कञ्चनपुर ३

ज्ञानेन्द्र बहादुर कार्की–सुनसरी ४

हृदयराम थानी–सुर्खेत २

राजु थापा–स्याङ्जा १

एमालेको कहाँकहाँ अग्रता ?

प्रतिनिधि सभाका १६५ मध्ये १४३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेकपा एमालेले हालसम्मको मत गणनामा एक निर्वाचन क्षेत्रमा जित निकालेको छ ।
ललितपुर २ मा एमाले उम्मेदवार प्रेमबहादुर महर्जन विजयी हुँदा ३८ स्थानमा अन्य उम्मेदवारले अग्रता लिएका छन् । ललितपुर २ मा महर्जन १५ हजार २५ मतसहित विजयी बनेका हुन् ।

मतगणनामा अग्रता लिएका एमाले उम्मेदवारहरुमा पाँचथर १ मा पुर्व मन्त्री समेत रहेका वसन्तकुमार नेम्वाङ, सिन्धुपाल्चोकमा सरेश नेपाल, इलाममा महेश बस्नेत, सर्लाही ३ मा हरिप्रसाद उप्रेती रहेका छन् । नेम्वाङका निकटतम प्रतिस्पर्धी कांग्रेसका भीष्मराज आङदेम्बे, नेपालका माधव सापकोटा, बस्नेतका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल र उप्रेतीसँग माओवादी केन्द्रका नरेन्द्र साह कलवार छन् ।

यसैगरी सिराहा ३ मा लिलानाथ श्रेष्ठले अग्रता लिएका छन् । यहाँ माओवादी केन्द्रका विश्वनाथ साह श्रेष्ठसँग प्रतिसपर्धा गरिरहेका छन् । त्यस्तै सिन्धुलीमा एमालेका प्रदिपकुमार कटुवाल क्षेत्रीले अग्रता बनाएका छन् । उनका निकटतम प्रतिस्पर्धीका रुपमा कांग्रेसका श्याम कुमार घिमिरे रहेक छन् । त्यस्तै बैतडीमा दामोदर भण्डारी, मकवानपुरमा महेश वर्तौला,वाँके १ सुर्यप्रसाद ढकाल, गुल्मी २ मा गोकर्ण विष्ट, कञ्चनपुर १ मा तारा लामा तामाङ, चितवन २ मा कृष्णभक्त पोखरेल, पाल्पा २ मा ठाकुर गैरेले अग्रता लिएका छन् ।

त्यस्तै झापा ४ मा लालप्रसाद साँवा लिम्बु, नुवाकोट १ मा बद्री मैनाली, धनुषा २ मा उमाशंकर अरगरिया, अर्घाखाँचीमा टोपबहादुर रायमाझी रुपन्देही १ मा छविलाल विश्वकर्मा, धनुषा ३ मा जुलीकुमारी महतो, वारा १ मा अच्युत प्रसाद मैनाली, उदयपुर २ मा अम्वर बहादुर रायमाझीले अग्रता लिएका छन् । त्यस्तै बारा ३ मा ज्वालाकुमारी साह, धनकुटामा राजेन्द्र कुमार राई, मोरङ १ मा घनश्याम खतिवडा, दैलेख १ मा रविन्द्रराज शर्मा, मोरङ २ मा ऋषिकेश पोखरेल, कपिलवस्तु १ मा बलराम अधिकारीले अग्रता लिएका छन् ।

पर्सा ३ मा राजकुमार गुप्ता, सिराहा १ मा रामशंकर यादव, कैलाली ४ मा लेखराज भट्ट, झापा ५ मा केपी शर्मा ओली लमजुङमा पृथ्वी सुव्वा गुरुङले अग्रता लिएका छन् । एमाले उम्मेदवारले अग्रता लिएका धेरै स्थानमा कांग्रेसका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको कहाँ अग्रता ?

यसैगरी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १३ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ । मंगलबार अध्यावधिक मतपरिणाम विवरणअनुसार सो पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारले अग्रता बनाएका हुन् ।

जसअनुसार काठमाडौं २ मा सोविता गौतम, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ४ मा विराज भक्त श्रेष्ठ, कास्की २ मा माधव प्रसाद कंडेल, कास्की ३ मा योग राज पौडेल, चितवन १ मा हरि ढकाल, नवलपरासी १ मा महेन्द्र सेन (ठकुरी), रुपन्देही २ मा गणेश पौडेल, ललितपुर ३ मा तोसिमा कार्की, सुनसरी १ मा गोमा तामाङ, सुनसरी २ मा लाल बिक्रम थापा र सुनसरी ३ मा कमल बाबु मैनालीको अग्रता छ ।

माओवादीको कहाँकहाँ अग्रता ?

माओवादी केन्द्रले उम्मेदवारी दिएका ३९ सिटमा मतगणना हुँदा रूकुम पूर्वमा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती मगरले १ हजार ६२९का साथ अग्रस्थानमा छन् । यस्तै रुकुम पश्चिममा जनार्दन शर्मा अगाडि छन् ।

सर्लाही – २ मा माओवादी केन्द्रका महिन्द्र राय अगाडि छन् भने बाग्लुङ २ मा देवेन्द्र पौडेलले अग्रता लिएका छन् । यस्तै सिन्धुली – २ लेख नाथ दाहाल, खोटाङमा रामकुमार राई, भोजपुरमा सुदन किराती, महोत्तरी – १ मा गिरिराजमणि पोखरेल, मोरङ – ४ मा अमनलाल मोदी, रोल्पामा वर्षमान पुन, दाङ – २ मा रेखा शर्मा, गोरखा– २ मा प्रचण्ड, जाजरकोटमा शक्तिबहादुर बस्नेतले अग्रता लिएका छन् ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीले प्रतिनिधि सभातर्फ हालसम्म ७ स्थानमा अग्रता कायम गरेको छ । अध्यक्ष माधवकुमार नेपालसहित ७ उम्मेदवारले अग्रता कायम गरेकामा ६ स्थानमा आफ्नै पुरानो पार्टी नेकपा एमालेले पछ्याइरहेको छ भने एक स्थानमा स्वतन्त्र उमेदवारले समाजवादीलाई पछ्याइरहेको छ ।

एकिकृत समाजवादीले कहाँ कहाँ अग्रता लिएको छ ?

यस्तै, बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका राजेन्द्र पाण्डेले धादिङ १ बाट लिड गरिहेका छन् । यस्तै, सल्यान १ बाट प्रकाश ज्वाला, अछाम १ डोटी १ बाट प्रेमबहादुर आलेले अग्रता बनाएका छन् ।

स्वतन्त्र उम्मेदवारको कहाँ कहाँ अग्रता

आइतबार भएको निर्वाचनको मतगणनामा देशका विभिन्न निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारले अग्रता बनाएका छन् । बर्दिया २ मा लालवीर चौधरीले अग्रता बनाएका छन् । उनी नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका बुबा हुन् । रेशको सोही निर्वाचन क्षेत्रमा उम्मेदवारी खारेज भएपछि लालवीरलाई उन्मुक्तिले समर्थन गरेको थियो ।

यसैगरी महात्तरी ३ मा रामआधार कापर, मोरङ ५ मा योगेन्द्र मण्डल, रौतहट २ मा किरण कुमार साह, रातहट ३ मा प्रभु साह, सर्लाही १ मा मानबहादुर खड्का र सर्लाही ४ मा अमरेश कुमार सिंहको अग्रता छ ।

 

यस्तै लोसपा, नेमकिपालगायतका साना पार्टीले पनि केही स्थानमा अग्रता बनाएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?