मतगणना नसकिँदै गगन थापा विजयी हुने निश्चित

गगन थापा ६ हजार ८३४ मतसहित अग्र स्थानमा

लोकपथ
325
Shares

काठमाडौं । काठमाडौं– ४ मा मतणना नसकिँदै नेपाली कांग्रेसका गगनले जित्ने निश्चित भएको छ । नेकपा एमालेबाट उम्मेदवार बनेका राजन भट्टरार्ईलाई भारी मतान्तरले पछि पारेपछि उनी सांसद बन्न पक्का भएको हो ।

कुल ४८ हजार ८५९ मत खसेको थियो । निर्वाचन आयोगले दिएको जानकारी अनुसार अहिलेसम्म यस क्षेत्रमा ४३ हजार ३ सय ९६ मतको गणना सकिएको अब ५ हजार ४ सय ६३ मत गन्न बाँकी छँदा गगनको अग्रता ६ हजार ८३४ पुगिसकेको छ । यसर्थ अबको गणनामा कुनै मत नआए पनि गगन स्वत : विजयी हुनेछन् ।

अहिलेसम्मको गणनामा गगनले २० हजार ४१७ भोट ल्याएका छन् भने एमालेका भट्टराईको १३ हजार ३२ भोट लिएका छन् । यस्तै राप्रपाले ३ हजार ६ सय ९३ र लौरोको ११ सय ३३ भोट आएको छ । गगनले विजयको औपचारिक घोषणाका लागि केही समय प्रतिक्षा गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?