चितवन–२ मा रवि लामिछाने दोस्रो स्थानमा

लोकपथ
798
Shares

चितवन  । चितवन– २ मा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतान्तर कम गर्दै लगेका छन् । इच्छाकामना गाउँपालिकाको मतगणना गर्दा शुरूआतमा तेस्रो स्थानमा रहेका रविले कांग्रेसका उमेश श्रेष्ठलाई पछि पारेका छन् ।

एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ४५ मत प्राप्त गर्दा रविले २ हजार ५ सय ४१ र उमेश श्रेष्ठले २ हजार ४ सय ४७ मत प्राप्त गरेका छन् । भरतपुर महानगरपालिकाबाट रविले प्रतिस्पर्धीलाई पछि पार्ने आकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?