‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको मृत्यु

लोकपथ
84
Shares

काठमाडौंं । चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको दुर्घटनामा परी मृत्यु भएको छ । आज बिहान हेटौंडाबाट नारायणघाट आउँदै गर्दा सडकको किनारमा रोकिराखिएको ट्रकमा उनी सवार माइक्रो बस ठोक्किँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

उनीसँगै सवार पाँचजना घाइते भएका छन् । घाइतेको भरतपुर मेडिकल अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीका प्रवक्तता टेकराज राईले जानकारी दिए ।

उनी दलित अधिकारका अभियान्ता पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?