निर्वाचित भएपछि प्रकाशमानले भने- ‘जनताको पक्षमा काम गर्छु’

लोकपथ
63
Shares

काठमाडौं । काठमाडौं क्षेत्रबाट निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएपछि प्रकाशमान सिंहले जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् ।

सो क्षेत्रबाट आफूले ४ पटक जिताउने जनताहरुलाई धन्यवाद दिँँदै बाँकी रहेका कामहरु पूरा गर्ने बताएका हुन् । त्यसैगरी आफूले अब आफ्नो क्षेत्रमा पानी बाटो लगायतका क्षेत्रमा काम गर्ने बताए ।

मंगलबार बिहान आएको परिणाम अनुसार उनले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?