नुवाकोटको मतगणना अपडेट : कहाँ कसको अग्रता ?

लोकपथ
231
Shares

नुवाकोट । नुवाकोटको दुई वटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ ।

मंगलबार बिहानको अध्यावधिक विवरणअनुसार क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ भने १ मा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् ।

क्षेत्र नम्बर २ मा ३०७८ मत गणना हुँदा कांग्रेसका उम्मेदवार अर्जुनरसिंह केसीले २०७६ र एमालेका नारायणप्रसाद खतिवडाले ९५५ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले ७०७ मत पाएका छन् ।

यस्तै क्षेत्र नम्बर १ मा ६४४३ मत गणना सकिँदा एमालेका बद्री मैनालीले २६६० र माओवादी केन्द्रका हितबहादुर तामाङले २३२१ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?