समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादीलाई उछिन्यो

लोकपथ
798
Shares

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई उछिनेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार राति पौने १० बजेसम्मको मतगणनामा ७ हजार ५६० मत प्राप्त गर्दा माओवादीले मात्र ४ हजार ४४८ मत प्राप्त गरेको छ ।

यस्तै पहिलो स्थानमा रहेको कांग्रेसले ११ हजार ५०२ मत पाउँदा एमालेले १० हजार ८२ मत देशभर पाएको छ ।

यस्तै राप्रपाले ३ हजार ७३४ मत पाउँदा नेमकिपाले १ हजार ३३ तथा अन्य दलले ४ अंकको मत ल्याउन सकेका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?