सप्तरी–२ मा सिके राउत उपेन्द्र यादव भन्दा ३ हजार ७१ मतले अगाडि

लोकपथ
117
Shares

सप्तरी । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष  डाक्टर सिके राउतले अग्रता कायमै राखेका छन् ।

डाक्टर राउतले ५ हजार ७ सय १८ मत प्राप्त गरी अग्रता कायमै राखेका हुन् । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव २ हजार ६ सय ४७ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । त्यस्तै बाम गठबन्धनका जयप्रकाश ठाकुर १ हजार २ सय ९ मतका साथ तेस्रो स्थानमा छन् ।

त्यस्तै, सप्तरी २ (क) मा जनमत पार्टीका सतिस सिंह ५ हजार ४ सय २३ मत प्राप्त गरी पहिलो स्थानमा छन् । जनता समाजवादी पार्टीका शैलेन्द्र प्रसाद साह २ हजार ६ सय २९ मत प्राप्त गरी दोस्रो स्थानमा र  लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल २ हजार १७ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

सप्तरीकै २ को (ख) मा जनमत पार्टीका महेश यादव ४ हजार २ सय ८९ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । बाम गठबन्धनका उमेश यादवले २ हजार ३ सय २५ मत प्राप्त गरि दोस्रो स्थानमा र जसपाका लक्ष्मण यादव १ हजार ८ सय ९०  मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?