काठमाडौं । दीर्घ सोडारीलाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित प्रदेश कमिटीका पदाधिकारीलाई बालुवाटारमै बोलाएर हटाउन निर्देशन दिएको खुलेको छ ।
सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्री र पार्टीबाट साधारण सदस्यबाट समेत निष्काशनमा परेका सोडारीविरुद्ध आर्थिक र चारित्रिक विचलनका धेरै उजुरी परेको, पार्टीको नीतिविपरीत काम गरेको र कतिपय आपत्तिजनक खालका प्रमाण समेत फेला परेपछि बर्खास्त गरिएको बताइएको छ ।
यसैबीच कारवाहीमा परेका सोडारीले पार्टी निर्णय मान्य रहेको प्रतिक्रिया दिएका छन् । उनले भने, “मलाई लगाईएका आरोपबारे अहिले कुनै प्रतिवाद गर्दिन ।”
सोडारी ६ वर्षदेखि कैलालीमा तत्कालीन एमाले र हाल नेकपाको प्रमुख थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया