कञ्चनपुर–२ मा एनपी साउदको अग्रता

लोकपथ
208
Shares

काठमाडौं । कञ्चनपुर क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदले सुरुवाती अग्रता लिएका छन् । कृष्णपुर नगरपालिकाको १ नम्बर वडाको मत गणना सम्पन्न हुँदा साउदले १ सय १८ मतले अग्रता लिएका हुन् ।

उक्त वडामा खसेका ३ हजार २ सय मध्ये साउदले १ हजार ३ सय २७ मत पाएका छन् । उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले १ हजार २ सय ९ मत ल्याएका छन् ।

२०७४ को निर्वाचनमा पनि साउद र धामीबीच प्रतिष्पर्धा भएको थियो । उक्त निर्वाचनमा धामीसँग साउद पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?