प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अग्रता बढाउँदै एमाले

लोकपथ
468
Shares

बाँके । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बाँके क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । सो क्षेत्रमा एमालेका उम्मेदवार किस्मत कुमार कक्षपतिले सत्तारुढ गठबन्धनका उम्मेदवार किशोर सिंह राठोरसँग ६ सय ७६ मतको अग्रता बनाएका छन् ।

पछिल्लो मत परिणामअनुसार एमाले उम्मेदवार कक्षपतिले ३ हजार ९९ मत पाएका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता राठोरले २ हजार ४ सय २३ मत पाएका छन् ।

सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले एक हजार ५१ मतसहित तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?