ललितपुर-३ मा तोसिमाले लिइन फेरि अग्रता, एमाले झण्डै ४ सय मतले पछाडि

लोकपथ
196
Shares

काठमाडौं । ललितपुरमा तोसिमाले फेरि अग्रता लिएकी छिन् । हालसम्म ६ हजार ३ सय ६८ मत गणनाहुँदा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी उनले २ हजार ४ सय १५ मत ल्याएकी छिन ।

उनलाई एमालेका अमृत खड्काले २ हजार ३९ मतले पच्छ्याइ रहेका छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुषालले पनि १ हजार २ सय ५० मत ल्याएर तेस्रो स्थानमा छिन् ।

यस्तै, राप्रपाका उम्मेदवारले१ सय ६२, हाम्रो नेपाली पार्टीका उम्मेदवारले ८१ नेमकिपाले ९६, चुनाव चिन्ह सूर्यमुखि (केवि) ३७, चुनाव चिन्ह छत्रेटोपि ८, चुनाव चिन्ह हृदय ४, चुनाव चिन्ह कम्प्युटर ४, चुनाव चिन्हआमा ४, चुनाव चिन्ह एक खुकुरि १, लाटोकोसेरो ४, चुनाव चिन्हक्रस खुकुरी २ मत प्राप्त गरेका छन् भने । २ सय ४० मत बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?