नुवाकोट-२ मा केसीलाई फराकिलो अग्रता

लोकपथ
959
Shares

नुवाकोट । नुवाकोट क्षेत्र नं २ मा हालसम्म १४ सय मतगणना सकिएको छ । जसअनुसार हालसम्म नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले ७०५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले ३६६ मत प्राप्त गरेका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन पाण्डेले (घण्टी) २४६ मत प्राप्त गरेका छन् । हाल मतगणना जारी रहेको छ ।

प्रतिनिधि सभा २ प्रदेश सभा (ख) मा १८९० मत गणना भएको छ । जसमा रामप्रसाद ढुंगानाले १०३६ मत ल्याएका छन् । त्यस्तै, केशवप्रसाद पाण्डेले ६०४ मत प्राप्त गरेका छन् भने गिता अमात्यले १४७ मत ल्याएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?