चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले शुरुवातमा उत्साहित मत ल्याउन सकेनन् ।
चितवन–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका लामिछानेले हालसम्म २ सय ६० मात्रै प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १ हजार १ सय ४४ मत प्राप्त गरेका छन् । यता नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ७ सय ४ मत प्राप्त गरेका छन् ।
चितवनको इच्छाकामनाका २ वटा वडाको २ हजार २ सय ८५ मतको गणना भएको छ ।
देशका अन्य निर्वाचन क्षेत्रमा स्वतन्त्रका उम्मेदवारले शुरुवाती अग्रता कायम गर्दा अध्यक्ष लामिछानेले भने अग्रता कायम गर्न सकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया