कांग्रेसका विनोद चौधरीको अग्रता

लोकपथ
182
Shares

नवलपरासी (सुस्ता पश्चिम) । नवलपरासी (सुस्ता पश्चिम) क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिएका छन्। समाचार तयार पार्दासम्म १ हजार ८ सय मत गणना गर्दा कांग्रेसका उम्मेदवार चौधरीले ८ सय मत ल्याएर अग्रता कायम गरेका हुन् ।

नवलपरासी (सुस्ता पश्चिम) जनता प्रगतीशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले ५ सय मत ल्याएका छन्। यहाँ नेकपा एमालेले हृदयेशलाई सहयोग गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेनले २ सय, राप्रपाका उम्मेदवार भोजराज ढकालले १ सय १६ र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार हफिजुल्लाह अन्सारीले १ सय मत ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?