झापा । झापा क्षेत्र नं ५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले फराकिलो अग्रता कायम गरेका छन् ।
हालसम्म सो क्षेत्रमा ६ हजार २ सय १५ मतको गणना भएको छ । जसमा ओलीले ३ हजार २ सय १२ मत प्राप्त गरेका छन् । यता उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेका डा. खगेन्द्र पाण्डव अधिकारीले १ हजार ५ सय २३ मत प्राप्त गरेका छन् ।
हाल गौरीगञ्ज गाउँपालिकामा मतगणना भइरहेको छ ।
ओलीको क्षेत्र रहेका कारण सो क्षेत्रको मतगणनालाई चासोका साथ हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया